अर्थ-वाणिज्य

किसानहरुको एक बर्षको लामो आमप्रदर्शन अन्त्य



भारत २३ मंसिर ।
नयाँ दिल्ली-भारतीय किसानहरुले एक वर्ष लामो आमप्रदर्शन अन्त्य भएको बताएका छन् । सरकारले विवादास्पद कृषिसम्बन्धी कानुन खारेज गरेको एक सातापछि किसानहरुले पनि आन्दोलन अन्त्य भएको घोषणा गरेका हुन् । 

सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा हजारौं किसानहरु राजधानी नयाँ दिल्लीको सीमाक्षेत्रमा विगत एक वर्षदेखि प्रदर्शन गर्दै आएका थिए । प्रदर्शनका क्रममा गर्मी, ठन्डी तथा कोभिडका कारण दर्जनौ किसानहरुको मृत्यु भएको थियो । शनिबारदेखि किसानहरु आआफ्ना घरमा फर्किने भएका छन् । 

किसान आन्दोलन प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई ठूलो चुनौती साबित भएको थियो । किसानहरुका अन्य समस्या सम्बोधन गर्न र उत्पादित बस्तु तथा सेवाको मुल्य सुनिश्चित गर्न सरकार सहमत भएपछि किसानहरुका विभिन्न संगठनले एक वर्षदेखिको आन्दोलन समाप्त भएको बताएका छन् । आन्दोलनरत किसानहरुमाथि लगाइएको मुद्दा पनि फिर्ता गर्न सरकार सहमत भएको छ । 

‘१५ जनवरीमा एउटा समिक्षा वैठक आयोजना गरेका छौं । प्रतिबद्धता जनाए बमोजिम सरकारले हाम्रा माग पुरा गरेन भने हामी पुनः आन्दोलनमा फर्किनेछौं,’ किसान नेता गुर्नाम सिंह चरुनीले स्थानीय संचार माध्यमलाई भने ।  
 

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६