समाचार

एमालेको दोस्रो केन्द्रीय बैठकले ८ निर्णय के गर्यो त ?



काठमाडौं २५ मंसिर । नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले ८ वटा निर्णय गरेको छ । एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार अमृत बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद गठन गर्ने निर्णय गरेको छ । यसैगरी दशौं महाधिवेशनको समिक्षा गरेको छ । जसमा महाधिवेशन भव्य र ऐतिहासिक रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

आउने पुष २३ गते सबै जिल्लाका अधिवेशन र माघ ८ गते सबै प्रदेशका अधिवेशन गर्ने निर्णय गरेको छ । यसैगरी विधानमा सम्पादन र नियामवली बनाउन खगराज अधिकारी रमेश बडाल रहेको एक कार्यदल गठन गर्ने निर्णय गरेको छ । यस्तैबैठक सञ्चालन सम्बन्धी कार्यविधी र सुझाव सहित पारित गरेको छ ।यस्तै माघ र फागुनमा पार्टी विस्तार पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । यस्तै पुस पहिलो साता जनसंगठनको केन्द्रीय कमिटी बैठक र फागुनभरीमा सबै महाधिवेशन सम्पन्न गरिसक्ने निर्णय पनि बैठकले गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।

प्रकाशित : २५ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६