प्रदेश

लुम्विनी प्रदेश स्तरीय किशोरी सम्मेलन, १६ बुँदे घोषणा




बुटवल २५ मंसिर ।हानिकारक र परम्परागत अभ्यासले बालिका एवं किशोरीहरूको गतिशिलता रोकेको र हिंसामा फस्न बाध्य पारेको किशोरीहरूले गुनासो गरेका छन् । लैंगिक भेदभाव, यौनजन्य हिंसादेखि बालविवाह लगायतका कारण किशोरीले पढाइ पूरा गर्न र क्षमता बढाउन नसकेको उनीहरूले बताए । कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा बुटवलमा भएको प्रदेशस्तरीय किशोरी सम्मेलनमा सहभागीले हिंसा विरुद्ध तीन तहकै सरकारबाट अभियान संचालन गर्न किशोरीहरूलाई संरक्षण गर्न उनीहरूले माग गरेका छन् ।
सम्मेलनले १६ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै किशोरी तथा बालिकाको आवश्यकता अनुसारको नीति तथा योजना निर्माण गरी कार्यन्वयन गर्न आग्रह गरेका छन् । यस्तै स्थानीयतहमा तत्काल किशोरी विकास समिति तत्काल गठन गर्न र बालविवाह विरुद्ध रणनीतिक योजना निर्माण गरी कार्यान्वयनको माग गरेका छन् । विद्यालय शिक्षा, बृहत्तर यौनिकता तथा प्रजनन् स्वास्थ्यबारे अभिमुखिकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व र सहभागितामा सरकारी सहयोग आवश्यक रहेको बताए ।
सम्मेलनले पुष्पा हरिजनको अध्यक्षतामा लुम्बिनीस्तरीय किशोरी सञ्जाल गठन गरेको छ । जसको सदस्यमा सुनिता हरिजन रुपन्देही, निलिसा गिरी बाके, नर्मा बिक, अनुजा नेपाली, पुजा पौडल, शिला नेपाली, निष्ठा हमाल, करुणा आचार्य मनेका राउत दुर्गा बिक, अल्पिया अन्सारी र मुना बिक चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष पुष्पा हरिजनले सरोकारवालाहरूको समन्वयमा बालविवाह, लैंगिक भेदभाव र बालविवाह विरुद्ध अभियान चलाउने बताइन् । कार्यक्रममा किशोरीहरूले आफ्नो शिक्षा, स्वास्थ्य, सीप, चेतना विकास लगायतका बारेमा प्रश्न गरेका थिए ।
कार्यक्रममा योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले किशोरीहरू देशका खम्बा भएकाले उनीहरूलाई सशक्त बनाउन राज्यले लगानी गर्ने बताए । किशोरीले आफू माथि परेको हिंसाका बारेमा आवाज उठाउन आग्रह गरे । कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले किशोरी उमेर सबैभन्दा बढी हिंसा हुने उमेर भएकाले त्यसबेलाको समस्या समाधान गर्न र गतिशिलतालाई रोक्न नदिन विशेष योजना आवश्यक पर्ने बताए ।

प्रकाशित : २५ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६