अर्थ-वाणिज्य

कर्मचारीलाई १० दिनको पर्यटन काज बिदा तत्कालै लागू गर्न होटल सङ्घको माग



काठमाण्डौ, २६ मंसिर । होटल सङ्घ नेपाल ९हान० ले आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले सम्बोधन गरेका विषयहरू अझै कार्यान्वयनमा आउन नसकेको भन्दै चिन्ता जनाएको छ । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीलाई बधाई तथा शुभकामना दिन आज आइतवार भएको कार्यक्रममा हानले कोरोना महामारीबाट अतिप्रभावित पर्यटन तथा होटल उद्योगको पुनरुत्थानका लागि महत्त्वपूर्ण भूमिका खेल्न आग्रह पनि गरेको छ ।

कार्यक्रममा हानकी अध्यक्ष सृजना राणाले आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले सम्बोधन गरेका विषयहरू अझै कार्यान्वयनमा आउन नसकेको हुँदा विशेष अभिभावकीय भूमिका निर्वाह गर्दै अन्य निकायसँग पहलकदमी गरिदिनका लागि महानिर्देशकसँग आग्रह गर्नुभयो ।

सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन पहल हुनुपर्ने लगायतका माग पनि हानले राखेको छ । महानिर्देशक अधिकारी समक्ष हानले यस्ता माग राखेको छ
– वातावरण संरक्षण ऐन २०७६ मा २५ बेडसमेतका होटलहरूलाई संक्षिप्त वातावरणीय अध्ययन गरिन बाध्यकारी बनाइने गरी नियम लागू भएको हुँदा पारिवारिक वातावरण र सानो लगानीमा सञ्चालनमा रहेका होटलहरूलाई सान्दर्भिक नदेखिएकाले यो परिस्थितिमा यस प्रकारको नियम लागू नहुनका लागि पहलकदमीका लागि अनुरोध गर्दछौँ ।
– पर्यटन उद्योगलाई सहज र सरल बनाइ प्राथमिकताको उद्योग बनाउन दर्ता कर, शुल्क, नवीकरण आदिका लागि झन्झटिलो प्रक्रिया रहेको हुँदा यसलाई पर्यटनको तालुकदार निकाय पर्यटन विभागमार्फत गरिन सके दिगो पर्यटनलाई टेवा मिल्छ ।
– पर्यटन तथा होटल उद्योगका लागि बेला–बेलामा संशोधन हुने नियम, कानुन तथा निर्देशिकाहरू सरोकारवाला निकायहरूसँग छलफल तथा समन्वय गरी कार्यान्वयनमा ल्याइँदा फलदायी हुन्छ ।
– पर्यटनसम्बन्धी सम्पूर्ण आधिकारिक सूचना पर्यटन विभागमार्फत सम्बन्धित निकायमा सम्प्रेषण हुँदा आधिकारिकता प्रस्तुत भइ कार्यान्वयनमा सहज हुन्छ ।
– आधिकारिक सूचनाहरू पर्यटन विभागको वेबसाइटमा राखिनुपर्छ ।
– तथ्याङ्कहरू आदान प्रदानमा सहज हुन्छ ।

सङ्घका कार्यसमिति सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रममा महासचिव साजन शाक्यले धन्यवाद व्यक्त गर्दै विभागसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६