प्रदेश

कांग्रेसमा अझै मतदान सुरु भएनः प्रतिनिधि बिहानैदेखि लाइनमा ।




काठमाण्डौ, २७ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि नै मतदान हुने भनिए पनि अझै मतदान सुरु भएको छैन ।

भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा बिहान ८ बजे नै मतदान सुरु गर्ने कार्यतालिका भए पनि अहिलेसम्म सुरु हुन सकेको छैन । मतपत्र आउन ढिलाइ भएकाले मतदानमा ढिलाइ भइरहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

मतदानका लागि भनेर प्रतिनिधिहरु बिहान ८ बजेअघि नै मतदान स्थलमा लामबद्ध भएका थिए । तर, लाइनमा बसेको झण्डै तीन घण्टा हुन लाग्दा समेत मतदान सुरु नभए पछि उनीहरु निराश हुन थालेका छन् । राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा रहेका मनदानस्थल बाहिर प्रतिनिधिहरु लाइनमा छन् ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधिले सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान गर्नेछन् । उम्मेदवारहरु प्रतिनिधिको लाइनमै पुगेर भोट माग्दै छन् । भृकुटीमण्डप र प्रदर्शनी मार्गमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रदर्शनी मार्ग प्रवेश गर्ने सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । कांग्रेसको सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ ।

सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणबाटै विजयी हुनेमा देउवा समूह आशावादी छ । छुट्टाछुट्टै प्यानल बनाएका कोइराला, सिंह र निधिले भने चुनावलाई दोस्रो चरणमा लैजाने नीति लिएका छन् । दोस्रो चरणमा पुर्याउन सकेमा सबै एक ठाउँमा उभिएर देउवामाथि दबाब बढाउन सकिने उनीहरुको बुझाइ छ ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६