प्रदेश

संसदको भोलिको बैठकमा ६ अध्यादेश पेश हुने




काठमाडौं, २७ मंसिर । मंगलबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेश हुने भएको छ । संसद सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेश गर्ने उल्लेख छ ।

मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।

त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७८ पेश गर्नेछन् । उनले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८ पेश गर्नेछन् ।

त्यस्तै भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवले रेल्वे अधयादेश २०७८ पेश गर्ने, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेश गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो २ बजे बस्ने गरी संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी छन् । संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसदको पहिलो बैठकमा नै पेश गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६