खेलकुद

शहीद स्मारक ए डिभिजन लिगमा सङ्कटाले पुलिसलाई हरायो



काठमाण्डौ, २७ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सङ्कटा क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ ।

दशरथ रङ्गशालामा आज सोमवार भएको पहिलो खेलमा सङ्कटा क्लबले नेपाल पुलिस क्लबलाई एक–शून्य गोलले हरायो । सङ्कटाका लागि खेलको १८ औँ मिनेटमा निरज बस्नेतले गोल गरे ।

जितसँगै सङ्कटा आठ अङ्कसहित चौथो स्थानमा पुगेको छ । पुलिस पाँच अङ्क जोडेर सातौँ स्थानमा रहेको छ ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६