प्रदेश

जोकोही खोलामा मापदण्ड विपरीत उत्खनन्



कपिलवस्तु २७ मंसिर । शिवराज नगरपालिका वडा ९ मा रहेको जोकोही खोलामा मापदण्ड विपरीत नदिजन्य सामाग्री उत्खनन् गरिएको पाइएकोछ । मंसिर १६ गते नगरपालिकासंग सम्झौता भई काम सुरु गरेको खड्का काष्ठ फर्निचर सप्लायर्सले केहि दिनमै मापदण्ड विपरीतका औजार प्रयोग गरि नदिजन्य सामाग्री उ्रत्खनन भएको स्थानियले बताएका छन् ।

उक्त खोलामा दुई दिन सम्म औजार प्रयोग गरि उत्खनन भएको र अहिले भने औजार हटाइएको बताइएको छ । सुरुमै मापदण्ड विपरीत विभिन्न मेसेनरी औजार प्रयोग गरेपछि आगामी दिनमा त्यसले गर्ने काम प्रति प्रश्न उठेको छ । ३२ लाखमा सम्झौता भएको उक्त खोलावाट ४५ सय घटमिटर मात्र निकाल्न पाईने उल्लेख छ । संझौतामा कुनै औजार प्रयोग गर्ने उल्लेख छैन ।

ठेकेदार कम्पनीले उत्खनन गरेपछि त्यसको अनुगमन तथा निरीक्षण गर्नुपर्ने नगरपालिकाको स्थानीयवासीबाट आएको गुनासोमा कुनै चासो नदेखाउनुमा उनीहरूको समेत मौन समर्थन रहेको आशङ्का स्थानीयवासीले गरेका छन् ।ठेकेदार कम्पनीले आफूहरुले सम्झौता र मापदण्ड विपरीत उत्खनन नगरेको दाबी गरेको छ ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६