प्रदेश

महाधिवेशन प्रतिनिधिलाई रामचन्द्र पौडेलको सन्देश आत्मामा लागेको कुरा गर्नुस् ।



काठमाडौं, २८ मंसिर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई आत्माको आवाज सुनेर नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

मंगलबार महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘तैंले यो गर्नुपर्छ भनेर हुँदैन । लोकतन्त्र भनेको आफ्नो आत्माले लागेको कुरा गर्ने हो । मतदान भनेको मनको आवाज सुन्नु हो । मतदानका लागि मतदाताको मन जित्नुपर्छ । तपाईंहरूले यो कुरा मनमा राख्नुहोला ।’

वरिष्ठ नेता पौडेलले प्रतिस्पर्धाबाट बाहिरिए पनि आफूले पार्टी एकताको लागि भूमिका खेल्ने बताए ।

मैले यो चियापान पार्टी एकताको लागि हो । यो चुनावी सभा होइन’ उनले भने, ‘मैले पार्टीभित्र आत्मीयता र हार्दिकता विकासको लागि हो । कांग्रेसको बीचमा सद्भाव जित्नको लागि यो चियापान हो ।’

उनले चुनावलाई लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न हुन दिन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरे । चुनावको नतिजा प्रभावित गर्न आफूले चियापान समारोह आयोजना नगरेको उनको सन्देश थियो ।

‘चुनावी नतिजा जे आए पनि यहाँबाट फर्कंदा कांग्रेस एकजुट भएर फर्कनुपर्छ’ उनले भने, ‘किनकि भर्खरै गएर चुनावमा होमिनुछ ।’

चियापान समारोहमा नाराबाजी भएपछि असन्तुष्ट बनेका उनले भने, ‘मैले सम्मानको लागि बोलाएको हुँ अपमान हुने काम नगर्नुहोला । हामी एक भएर जानुको विकल्प छैन । प्रतिस्पर्धा अहिले तत्कालको लागि हो । एकता सधैंको लागि हो ।’

चियापान समारोहमा सभापतिका प्रत्यासीहरू शेरबहादुर देउवा र शेखर कोइरालाले पनि सम्बोधन गरेका थिए ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६