प्रदेश

संसद् बैठकमा एमाले सांसदको चर्को नाराबाजी



काठमाण्डौ, २८ मंसिर । सङ्घीय संसद्को हिउँदे अधिवेशन आज मङ्गलवारदेखि सुरु भएको छ । तर आजको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले संसदमा नाराबाजी गर्दै बैठक अवरोध गरेका छन् । दिउँसो २ बजेदेखि बैठक सुरु हुनेबित्तिकै एमाले सांसदले नाराबाजी गरेका हुन् ।

एमालेका सांसदहरूले नेकपा एमालेले पार्टीबाट निष्कासन गरेका सांसदलाई सभामुखले नहटाएको भन्दै विरोध गरेका हुन् । उनीहरूले गैरसांसद राखेर संसद् चल्न नसक्ने जिकिर गरेका छन् । तर सभामुख सापकोटाले भने नागरिकका जनप्रतिनिधिको थलोलाई बन्धन नबनाउन आग्रह गर्नुभएको छ ।

आजको संसद् बैठकमा ६ वटा अध्यादेश पेस हुने कार्यसूची रहेको छ । गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रसायनिक पदार्थ ९नियमन० अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेस गर्ने कार्यसूची छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कार्यविधि सम्बन्धी अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६