अर्थ-वाणिज्य

शेयर लगानीकर्ताले अर्थमन्त्री शर्मालाई भेटे, माग पूरा गर्ने आश्वासन



काठमाण्डौ, २८ मंसिर । शेयर लगानीकर्ताका सङ्घ–संस्थाहरुको संयुक्त कार्यदलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर माग पूरा गरिदिन आग्रह गरेको छ ।

आज मङ्गलवार सिंहदरबारमा भएको भेटमा लगानीकर्ताले पुँजी बजारको वर्तमान अवस्था, शेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० को नियुक्ति, ५८ बुँदे मागका बाँकी काम लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।

जवाफमा अर्थमन्त्री शर्माले आफू पुँजी बजारको दिगो विकास र विस्तारका लागि लागिपरेको उल्लेख गर्दै धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिसँगै लगानीकर्ताका माग पूरा गर्ने आश्वासन दिनुभएको छ ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६