प्रदेश

वृहत जनसभालाई सम्बोधन गर्न ओली कपिलवस्तु आउने




कपिलवस्तु, मंसिर २८ ।
नेकपा(एमाले) कपिलवस्तुले आयोजना गर्ने जिल्ला स्तरीय जनसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्रि केपी शर्मा ओली कपिलवस्तु आउनु हुने भएको छ । पौष ६ गते जिल्लाको पश्चिम क्षेत्रमा आयोजना हुने जनसभामा विभिन्न पार्टी परित्याग गरी थुप्रै नेता, कार्यकर्ता एमालेमा प्रवेश गर्ने एमाले कपिलवस्तुले दावी गरेको छ । नेकपा (एमाले) जिल्ला सचिवालयको चन्द्रौटामा मंगलवार सम्पन्न वैठकले यस्तो निर्णय गरेको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।
सचिवालय वैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य एवम् केन्द्रिय खानेपानी विभाग प्रमुख गिरधारीलाल न्यौपानेले कपिलवस्तुमा आयोजना हुने वृहत जनसभाले राष्ट्रिय रुपमै सन्देश प्रभा गर्ने बताउनु भयो । त्यस्तै वैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले जनताका आवाज एमालेबाट मात्र सुनुवाई हुने भएकोले जनताको भरोसा एमालेमै रहेको दावी गर्नु भयो । वैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य विष्णु पंथीले कपिलवस्तुमा हुने जनसभाले सिंगो कपिलवस्तुबासीलाई उत्साह थप्ने बताउनु भयो । वैठकमा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीको आगमनसंगै कपिलवस्तुमा पार्टी प्रवेशको जनलहर आउने दावी गर्नु भयो ।
जनसभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई प्रभावकारी बनाउन सचिवालय वैठकले वडा तह देखी गाउँपालिका तह सम्मका वैठकहरु सम्पन्न गर्ने निर्णय गरेको छ ।

सम्पन्न वैठकले एमालेको राष्ट्रब्यापी रुपमा यही पौष २३ हुने जिल्ला अधिवेशनको तयारीका निम्ति जिल्ला पदाधिकारीलाई अख्तियारी प्रदान गरेको छ । सचिवालय वैठकमा जिल्ला उपाध्यक्ष बाबुराम खनाल जिल्ला सचिव बाबुराम आचार्य, जिल्ला सचिवालय सदस्य सिवि गहतराजले संक्षिप्त क्षेत्रगत रिपोटिङ्ग गर्नु भएको थियो ।

वैठकमा एमाले केन्द्रिय सदस्य एवम् कपिलवस्तु सहइन्चार्ज शुसिल श्रीवास्तव, एमाले नेताहरु इन्द्रमणी पौडेल, खुम आचार्य, प्रभा पौडेल, डम्मर शर्मा, शान्तिदेवी चमार, टेकराज पौडेल, आजाह अहमद दर्जी, सफर अलिमिया, शारदा शर्मा, विष्णु भण्डारी, जंजिर थारु, डम्मर चापागाई लगायतको आतिथ्यता रहेको एमाले जिल्ला कार्यालय सचिव धर्मराज भुसालले जानकारी दिनु भयो ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६