खेलकुद

बाणगंगा वडा नं.११मा ब्याडमिन्टन प्रतियोगिताः योगिको टिम प्रथम, वडाध्यक्ष अर्यालको द्धितीय ।




हरि घिमिरे, २८ मंसिर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न ११मा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । वडा न. ११को कर्वडहलमा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा ४० र्बष माथिका ८ वटा टिम तथा ४० बर्ष भन्दा कम उमेरका १० वटा टिमको सहभागिता रहेको थियो । समुद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै वडा अध्यक्ष सोमनाथ अर्यालले पुर्वाधारको विकासले मात्रै सामाजिक रूपान्तरण नहुने बताए । त्यस्तै वडा तथा नगरको सर्वाङ्गीण विकासका लागि खेलकुदले महत्व दिने उनको भनाई छ । अर्याले भने “खेलकुदको विकासले आपसि भाइचारा कायम गर्ने तथा व्यक्तिगत शारीरिक स्वस्थतामा टेवा दिने भएकाले वडाले खेलकुदलाई प्राथमिकतामा राखेको छ ।” कार्यक्रममा ४० बर्ष माथिका ८ टिमलाई पछि पार्दै राम चन्द्र अर्याल र मनोहर योगिको टिम प्रथम हुन सफल भएको छ । त्यस्तै वडा अध्यक्ष समेत रहेका सोमनाथ अर्याल र नारायण खनालको टिम द्धितीय भएको छ । यसैबिच ४० बर्ष भन्दा कम उमेरका १० टिमलाई हराउँदै कमल डुम्रे र टेक बहादुर रानाको टिम प्रथम भएको छ । यस्तै आदित्य चौधरी र रवि गहतराजको टिम द्धितीय भएको छ । दुवै विजेता टिममा प्रथम हुनेले नगद रु ९ हजार मेडल तथा प्रमाण पत्र, द्धितिय हुनेले ६ हजार मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । बिहान ६ बजे देखि अपराह्न ४ बजे सम्म जारी ब्याडमिन्टनमा वडा अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, वडा सदस्य वाजवुल लैन शाह, जगनारायण थारु, सावित्रा विक, ईमकला केसि, समाजसेवि डिल्लीराज अर्यालको आतिथ्यता रहेको थियो । विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको कार्यक्रम ओदारी ब्याडमिन्टन कल्वका अध्यक्ष मनोहर कुमार योगिको सञ्चालन सम्पन्न भएको हो ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६