कपिलवस्तु २८ मंसिर । प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको वैठक मंगलवार लक्ष्मणघाटमा बसेको छ । वैठकलाई सम्बोधन गर्दै चौतारीका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज पार्वती पाण्डेले पत्रकारीताको मर्यादामा रहेर संगठनलाई अगाडि बढाउनु पर्ने बताउनु भएको छ । पत्रकारले नराम्रा पक्ष मात्र नभई राम्रा पक्ष पनि खोजमुलक तवरले उठान गर्नु पर्ने जनाउनु भयो ।
देशलाई सहि दिशामा लैजाने ठुलो भुमिकामा राज्यको चौथो अंग भएको हुदा सत्य र तथ्यमा आधारित रहेरपत्रकारले कलम चलाउनु पर्नेमा उहाँले जोड दिनु भयो । कार्यक्रममा भरखरै चौतारीको केन्द्रीय समितिमा मनोनित हुनु भएका जिल्ला अध्यक्ष हरि अधिकारी र निशा विश्वकर्मालाई पाण्डेले सम्मान गर्दै बधाई दिनु भएको थियो । वैठकले यहि आउदो पुष १७ गते प्रेस चौतारीको अधिवेशन गर्ने निर्णय गरेको छ ।
अधिवेशन सफल पार्नका लागि विभिन्न जिम्मेवारी समेत प्रदान गरिएको छ ।
सोहि अधिवेशनमा जिल्लाको प्रेस चौतारीको इतिहास समेटने गरि स्मारिका बिमोचन गरिने भएको छ । जसको तयारीका लागि जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य हरि अधिकारीको संयोजकत्वमा कुलराज भुषाल , सिताराम चौधरी , गिता पौडेल ,थानेश्वर सहित ५ जना रहेको समिति बनाइएको छ । त्यसै गरि उपाध्यक्ष जानु पाण्डेको संयोजकत्वमा आर्थिक समिति बनाइएको छ ।वैठकमा चौतारीका केन्द्रीय सदस्य निशा विश्वकर्मा , पार्टी प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासे , चौतारीका संस्थापक अध्यक्ष चक्रपाणी अर्याल , पूर्व अध्यक्ष भेषराज पाण्डे , प्रदेश सदस्य कुलराज भुषाल लगायतको उपस्थिती रहेको थियो ।
चौतारीका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य हरि अधिकारीको अध्यक्षता , सचिव बाबुराम रायमाझीको सञ्चालनमा कार्यक्रम भएको हो ।








प्रतिक्रिया