प्रदेश

प्रदेश २ को बैठक आज, प्रदेशको नाम र राजधानीको प्रस्ताव पेश गर्ने सम्भावना ।



काठमाडौं, २९ मंसिर। प्रदेश २ को प्रदेश सभा बैठक आज बस्दै छ । प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुने सम्भावित कार्यसूची छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची रहेको जानकारी दिएका हुन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन लम्बिएका कारण कांग्रेसका प्रदेशसभा सदस्य महाधिवेशनका क्रममा काठमाडौंमै रहेकाले बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना पनि छ ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६