अर्थ-वाणिज्य

अर्थले स्वीकृति नदिएपछि लुम्बिनी प्रदेशसभाको भवन निर्माण रोकियो




दाङ, २९ मंसिर। जिल्लाको राप्ती गाउँपालिका–३ मसुरियामा निर्माण भइरहेको लुम्बिनी प्रदेशसभा भवनको निर्माण रोकिएको छ । भवन निर्माणका लागि अर्थ मन्त्रालयले थप बजेट दिन अस्वीकार गरेपछि निर्माण कम्पनीले आइतबारदेखि काम रोकेको हो ।

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेका अनुसार प्रदेशसभा भवनको डिजाइन परिवर्तन गरी अर्थ मन्त्रालयसँग थप ३ करोड रुपैयाँ माग गरिएको थियो, तर अर्थले स्वीकृति दिएन । त्यसैले निर्माण कम्पनी एमएस ड्रागन बस्नेत जेभीले काम रोकेको घिमिरेले बताए ।

पाँच करोड २१ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको प्रदेशसभा भवनमा ढुंगाको छानो, सो छानो लगाउँदा आवश्यक पर्ने फलामको पातालगायतका सामग्री थप्न प्रदेश पूर्वाधार विकास प्राधिकरणले १० दिनअघि अर्थ मन्त्रालयसँग थप बजेट माग गरेको थियो ।

‘प्रदेश सभा भवनमा ढुंगाको छानोसहितको केही नयाँ संरचना थप गर्नुपर्ने भएपछि बजेट अभाव देखियो’ उनले भने, ‘आवश्यक बजेट मागसहित हामीले अर्थ मन्त्रालयमा भेरियसन पत्र पठाएको थियौं । बजेट स्वीकृत नभएपछि निर्माण कम्पनीले काम रोकेको छ ।’

उनका अनुसार प्रदेशसभाको आगामी वर्षको हिउँदे अधिवेशन स्थायी राजधानी दाङको नयाँ प्रदेशसभा भवनमा बस्ने तयारीका साथ प्रदेशसभा भवन निर्माण तीव्र पारिएको थियो । दिन र रात गरी दुई सिफ्टमा काम भइरहेको र हालसम्म ६५ प्रतिशत काम सम्पन्न भइसकेको घिमिरेले बताए ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६