काठमाण्डौ, २९ मंसिर । नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनितले आज बुधवार शपथ लिएका छन् ।
मनोनित सदस्यहरूलाई आज ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराउनुभएको हो ।
मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू छन् भने ३७ जना नयाँ छन् ।
यही मङ्सिर २५ र २६ गतेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट सदस्य मनोनयन भएका थिए ।
प्रतिक्रिया