बुटवल ५ पुस । अब तिब्रताका साथ निर्माण पुरा गर्ने प्रतिवद्धता जनाएपछि विवादित निर्माण कम्पनीले ठूलो रकम पेश्कि पाएको छ । समयमै निर्माण कार्य नसकेर बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ लेन सडक अलपत्र पारेका ठेकेदार कम्पनीले थप पौने २ करोड पेश्की दिइएको छ । पेश्की रकम लगेर पनि समयमा काम नगरेको भन्दै आलोचना हुँदै आएको समयमा सडक डिभिजन कार्यालय बुटवलले थप १ करोड ८८ लाख बराबरको पेश्की रकम उपलब्ध गराएको हो ।
बिल भौचर सहित कामको भुक्तानी पाउ भन्दै आफ्ना प्रतिनिधी मार्फत निबेदन दिएका निर्माण ब्यवसायीलाई भुक्तानी दिइएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताउनुभएको छ ।यसअघि मोभिलाईजेसन पेश्की र पेश गरेको बिलका आधारमा कार्यालयले करीव ९ करोड भुक्तानी दिई सकेको छ ।काम नगरेर सडक लथालिङ अवस्था बनाएर छोडेका द कञ्चनजंगा बिरुवा जेभीका प्रतिनिधी प्रविण मिश्रले सोमवार १ करोड ८८ लाख भुक्तानी लिएका हुन् । पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गर्दै आएका निर्माण ब्यवसायीले सडक बिभागले भिओ स्वीकृत गरेको समाचार सार्वजनिक भएकै भोलिपल्ट बिल भौचर पेश गरेर भुक्तानी लगेका हुन ।
५ पुस २०७८, सोमबार








प्रतिक्रिया