कपिलवस्तु नगरपालिका ९ का वासिन्दाले नदिजन्य पदार्थ निकासीले स्थानियहरु आक्रान्त बनेको बताएका छन् । उनिहरुले वडा कार्यालयमा नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना र नगरपालिकाको समन्वयमा संम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै ठेक्का बेवस्थित गर्न माग गरेका हुन् ।
नदिजन्य पदार्थ ढुवानी गर्ने ट्याक्टरहरुका कारण खेतीवाली ध्वस्त भएको र वालवच्चा समेत असुरिक्षत हुनुको साथै धुलो धुवाले उठिवास लगाएको भन्दै तत्काल यसको व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।साथै नागरिकहरुले नगरको सेवा प्रवाह चुस्त दुरुस्त हुनुपर्ने बताएका थिए । नगरपालिकामा पशु शाखा सवैभन्दा माथिल्लो तल्लामा हुदाँ पशु को उपचार घाँसको विउ औषधीजन्य पदार्थका लागि असुविधा भएको भन्दै पाएक पर्ने स्थानमा वा सहज पहुज हुने गरि सेवा प्रवाह हुनुपर्ने माग राखेका थिए । कुस्माबासीले बाणगंगा र कपिलवस्तुको सिमा विवाद समाधान गर्न माग गरेका थिए ।
जवाफमा प्रमुख अतिथि समेत रहेका मेयर किरण सिंहले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले सिमा विवादब समाधानका लागि वाणगंगा नगरपालिकाले चासो नदेखाएको बताए । कार्यवाहक प्रमुख प्रशाशकिय अधिकृत हरि प्रसाद ज्ञवालीले नगरपालिकाले कार्यसम्पादनमा विभेद नगरि सहज हुनेगरि काम गरेको बताए । कार्यक्रमा लेखा प्रमुख बलराम न्यौपाने , सामाजिक तथा योजना शाखाका प्रमुख पदम श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो । खाँसगरि सिंह कन्टक्सनको नाममा रहेको सगरहवा देखि तिलौरीधाट सम्म को नाकामा वढी वेथिति र धुलो धुवा बढी रहेको बताएका छन् ।
प्रतिक्रिया