अर्थ-वाणिज्य

प्रचण्डको बलमा संविधान सभा भएको हो : देउवा



काठमाडौं ११ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बलमा संविधानसभामा गएको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले नेपालको राजनीतिमा प्रचण्डले ठूलो योगदान दिएको बताए ।‘नेपालको राजनीतिमा प्रचण्डजीले धेरै ठूलो योगदान दिनु भएको छ । उहाँको बलले हामी संविधानसभामा गएका हौं । २००७ सालमा कांग्रेसले उठाएको कुरा प्रचण्डजीको अगुवाईमा पूरा भएको हो,’ उनले भने ‘गणतान्त्रिक संघीयतासहितको संविधान आएको छ । संविधान बनाउने काममा प्रचण्डको महत्वपूणर् भूमिका छ भन्ने सबैले स्वीकार गर्नुपर्छ ।’ गठबन्धन कसैको विरुद्धमा नभएको उनले बताए । संसद र संविधान बचाउन गठबन्धन बनाएको उनले बताए ।

‘संसद पूरा चलोस भन्ने हो । यो संविधान र संसद बचाउने गठबन्धन हो । यो पूरा समय चल्ने छ अझ अगाडि जाओस् भन्ने चाहन्छु । ओली जीलाई यो खिलाफ हो भन्ने नलागोस्’, उनले भने ।प्रचण्डको संविधान बनाउने र शान्ति प्रक्रियामा योगदान रहेको बताउँदै उनले शान्ति प्रक्रियाका केही कुरा पूरा नभएको बताए । सत्य निरुपण तथा मेलमिलाप आयोगका काम पूरा गरेर दीर्घकालीन शान्तिमा जान चाहेको उनले बताए ।

प्रकाशित : ११ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६