अर्थ-वाणिज्य

कांग्रेसको वरियतामा कसले कसलाई उछुन्यो त ?



काठमाडौं १५ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहितको नयाँ कार्यसमिति सदस्यहरुको वरियता कायम गरिएको छ । बिहीबार सार्वजनिक गरिएको वरियताअनुसार सभापति शेरबहादुर देउवा पहिलो र त्यसपछि निर्वाचित उपसभापतिमध्ये पहिलो नम्बरमा पूणर्बहादुर खड्का र त्यसपछि धनराज गुरुङ रहेका छन् ।

त्यस्तै महामन्त्रीमा गगन थापा पहिलो र त्यसपछि विश्वप्रकाश शर्मा रहेका छन् । गगन थापा चौंथो र विश्वप्रकाश पाँचौं वरियतामा छन् । सहमहामन्त्रीतर्फ पहिलो नम्बरमा फरमुलाह अन्सारी, दोस्रोमा उमाकान्त चौधरी, त्यसपछि क्रमशः महालक्ष्मी उपाध्याय ‘डीना’, भीष्मराज आङ्दम्वे, महेन्द्र यादव, किशोर सिंह राठोर, बन्द्री पाण्डे र जीवन परियार रहेका छन् ।

केन्द्रीय सदस्यतर्फ पहिलो नम्बरमा गोपालमान श्रेष्ठ रहेका छन् भने अन्तिम नम्बरमा जीवन राना रहेका छन् । त्यस्तै सभापतिमा पराजित भएका डा. शेखर कोइरालाको वरियता २० नम्बरमा रहेको छ । उनीभन्दा अगाडि सुनिल थापालाई राखिएको छ । थापा राप्रपा परित्याग गरी कांग्रेस भित्रिएका थिए ।

हेर्नुस् सूची

प्रकाशित : १५ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६