तुलसीपुर
१६-पुस । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएका तीन जनालाई कांग्रेसले कारवाही गरेको छ । ९ दलिय सहमतीबाट कांग्रेसका यमकान्त भण्डारीविरुद्ध तीन जनाले बागी उम्मेद्धारी दर्ता गराएपछि दाङ कांग्रेसले पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको हो ।
अध्यक्ष पदका लागि कांग्रेसबाटै पवन राज बुढाथोकी, उपाध्यक्षमा उम्मेदवारी दिएका गिरीधारी प्रसाद पौडेल र कोषाध्यक्षमा उम्मेदवारी दिएका भोला प्रसाद थापालाई कारवाहीको लागी सिसफारीस गरिएको दाङ कांग्रेसले शुक्रबार एक विज्ञप्ती निकालेर कार्वाही गरेको जनाएको छ ।
तीनै जनालाई पार्टीको कुनै पनि पदमा नरहने गरि कारवाही प्रक्रिया अगाडि बढाउन क्षेत्र नंं. ३ कार्यसमितिले दाङ जिल्ला कार्यसमितिलाई सिफारिस गरेको विज्ञप्तीमा उल्लेख छ । कांग्रेसको विधि र अनुशासन भन्दा बाहिर गएर उम्मेदवारी दर्ता गराएको भन्दै कारवाहीको लागि सिफारीस गरिएको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया