अर्थ-वाणिज्य

आयल निगम लिमिटेड अन्तर्गत ट्रेड युनियनको निर्वाचनमा एमाले–माओवादी समर्थित कर्मचारी संघ विजयी



काठमाडौं १७ पुस । नेपाल आयल निगम लिमिटेडअन्तर्गत आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमाले–माओवादी समर्थित कर्मचारी संघ २५ मतान्तरले  विजयी भएको छ। शुक्रबार सम्पन्न निर्वाचनमा कांग्रेस समर्थित कर्मचारी युनियनले दुई सय पाँच र एमाले–माओवादी समर्थित कर्मचारी संघले दुई सय ३० मत ल्याएको छ। यसअघि पनि निगमको आधिकारिक ट्रेड युनियन निर्वाचनमा कर्मचारी संघ नै विजयी भएको थियो । यद्यपि, कर्मचारी संघको मतान्तर भने खुम्चिएको छ । अघिल्लोपटक एक सय ७ भोटले विजयी भएको संघको ठूलो मत यसपटक कांग्रेस समर्थित युनियनका कर्मचारीले तान्न सफल भएको हो ।

आयल निगमको निर्वाचनमा कुल ४ सय ५६ मतदाता थिए । त्यसमध्ये चार सय ४२ मत खसेको र आठ मत बदर भएको थियो । प्राप्त नतिजाअनुसार टेकुस्थित प्रधान कार्यालयमा एक सय ३८ मत खसेमध्ये संघले १९ मतान्तर राख्दै ७७ मत ल्याएको थियो भने युनियनले ५८ मत ल्याएको थियो । निगमको १३ कार्यालयमा भएको निर्वाचनमा युनियनले ६ र संघले सात स्थानमा ‘लिड’ गरेका छन् । तर, युनियनले अधिकांश ठाउँमा झिनो मतले लिड गर्ने र संघले फराकिलो अन्तरले लिड गरेकाले अन्तिम नतिजामा संघ विजयी भएको हो ।

निर्वाचन समितिका अनुसार निगमको जनकपुरस्थित हवाई इन्धन डिपो र शाखा कार्यालयमा संघको ६ र युनियनको ११ मत आएको छ । त्यस्तै, सबैभन्दा ठूलो इन्धन डिपोको रूपमा रहेको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जमा संघको १६ र युनियनको २० मत आएको छ । वीरगन्जस्थित शाखा कार्यालयमा संघको २ र युनियनको ३, भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालयमा संघको १४ र युनियनको १६, थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमा संघको २१ र युनियनको १२, नेपालगन्जस्थित शाखा कार्यालयमा संघको ११ र युनियनको १२, धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालयमा संघको १२ र युनियनको तीन तथा सुर्खेतस्थित कर्णाली प्रादेशिक कार्यालयमा संघको ४ र युनियनको तीन मत आएको छ ।

त्यस्तै, पोखराको गगनगौँडास्थित गण्डकी प्रादेशिक कार्यालयमा संघको नौ र युनियनको ७, झापाको चारआलीस्थित शाखा कार्यालयमा संघको नौ र युनियनको एक, विराटनगरस्थित एक नम्बर प्रादेशिक कार्यालयमा संघको १७ र युनियनको १९ तथा काठमाडौंको सिनामंगलस्थित हवाई इन्धन डिपोमा संघको ३१ र युनियनको ४१ मत आएको छ ।

निर्वाचित आधिकारिक ट्रेड युनियनको अध्यक्ष निगमको सञ्चालक समितिमा आमन्त्रित सदस्य हुने व्यवस्था भएकाले जितको लागि दुवै समूह तीव्र प्रतिस्पर्धामा उत्रिएका थिए । बोर्डसदस्यसमेत रहने आधिकारिक ट्रेड युनियनले निगमको नीति–कार्यक्रम र बजेटमा प्रत्यक्ष हस्तक्षेप गर्ने तथा आफू अनुकूलका कर्मचारीको सरुवा–बढुवा र संरक्षण गर्ने ल्यागत राख्छन् । विजयी भएपछि कर्मचारी संघका अध्यक्ष मधुमास पुनले सबै कर्मचारीलाई समेटेर अघि बढ्ने बताए । ‘चुनावपछिका दिनमा निगम र कर्मचारी हितमा हामी क्रियाशील हुनेछौँ,’ उनले भने ।

प्रकाशित : १७ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६