प्रदेश

माओवादी महाधिवेशनः विधान मस्यौदा सर्वसम्मतिले पारित



काठमाण्डौ, १७ पुष । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट विधान मस्यौदा अनुमोदन भएको छ । माओवादीका स्थायी कमिटी सदस्य तथा विधान मस्यौदा समितिका प्रमुख देव गुरुङले बन्द सत्रमा पेश गर्नुभएको विधान मस्यौदा सर्वसम्मतिले पारित भएको हो ।

पारित भएको मस्यौदा अनुसार नेकपा माओवादी केन्द्रमा १५ जना पदाधिकारी र दुई सय ९९ जना केन्द्रीय सदस्य रहनेछन् । पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उप(महासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछ । पदाधिकारी र केन्द्रीय सदस्य समावेशी आधारमा चयन हुने विधानमा उल्लेख छ ।

केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी मिलाइने व्यवस्था रहेको छ । १५ प्रतिशत सदस्य मनोनीत गर्ने व्यवस्था छ । विधान मस्यौदा पारित भएकाले अब पदाधिकारी र केन्द्रीय सदस्य चयन प्रक्रिया सुरु हुनेछ । ११ गते सुरु भएको महाधिवेशन हिजो नै सक्ने कार्यतालिका रहे पनि लम्बिएको छ ।

प्रकाशित : १७ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६