प्रदेश

प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच धनुषामा झडप, केहि कार्यकर्ता घाईते ।




धनुषा, १८ पुष । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ गोदारमा राजमार्ग बन्द गरी बसेका डा. सीके राउत नेतृत्वको जनमत पार्टी नेपालका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।

आज आइतवार बिहानैदेखि सडक बन्द गरी बसेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले ११ राउन्ड रबरको गोली र १६ राउन्ड अश्रु ग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

केही समय प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडपसमेत भएको थियो । झडपका क्रममा नेपाल प्रहरीका सात, सशस्त्र प्रहरीका एक र पाँच जना आन्दोलनकारी घाइते भएका छन् । घाइतेको प्रादेशिक अस्पताल जनकपुरधामा उपचार चलिरहेको छ ।

बिहानैदेखि बन्द रहेको पूर्व–पश्चिम राजमार्ग भने अहिले सञ्चालनमा आएको छ । अहिले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै जनमत पार्टीले गएको पुस १५ गतेदेखि मधेशका जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्दै आएका छन् ।

प्रकाशित : १८ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६