अर्थ-वाणिज्य

एमसिसी पास नगरेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाको साँझ विहानको छाँक नटर्ने : मैनाली



तुलसीपुर
२०-पुस । नेकपा मालेका महासचिव सिपी मैनालीले एमसिसी कुनै पनि हालतमा पास हुन नहुने बताएका छन् । यदि एमसिसी सम्झौता भएमा देशमा द्वन्दको सिजना हुने बताएका हुन् ।

मंगलबार रिपोर्टस् कलब दाङले गरेको साक्षत्कार कार्यक्रममा बोल्दै अध्यक्ष गजुरेलले एमसीसीलाई नेपालमा द्वन्द फैलाउने रणनीतिक रुपमा लिएको आरोप लगाएका छन् । छलफल नै नगरि २०७४ सालमा एमसीसीसंग सम्झौता भएको भन्दै त्यतिबेला नै गलत भएको समेत बताए । ‘अमेरिकाले एमसीसी सम्झौता भएको अर्को बर्षदेखि संसदमा पारीत गर्न निर्देशन दियो’, ‘जो कि नेपालमा अहिलेसम्म बाह्य लगानीमा सञ्चालित कुनै पनि प्राजेक्ट संसदबाट पारीत गरेको छैन, उनले भने ।’

त्यस्तै महासचिव मैनालीले एमसिसी पास नगरेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाको साँझ विहानको छाँक नटर्ने समेत आरोप लगाए । उनले एमसीसीले नेपालमा पार्न सक्ने प्रभाबको कुनै पनि आँकलन नगरि संसदबाट अनुमोदन गर्ने नीति राजनीतिक दलहरुले लिनु गलत भएको उनको भनाई छ । नेपालले एमसीसी चाहिदैन भनेर पटक–पटक भनिरहदा पनि एमसिसी ल्याउनै पर्छ भनेर ढिपी गर्र्नुको कारण नेपाल कमजोर रहेको उनको जिकिर थियो ।

‘हामीले एमसीसी चाहिदैन भनिरहेका छौं, तर, अमेरिकाले मिति सारि सारी एमसीसी लैजान भन्छ’, उनले भने‘ अनुदान हो भने अमेरिकाले एमसिसी अनुमोदन गर भनेर किन मिती सारीराख्छ, यदि लगानी नै हो भने हामीले यसबाट के प्रतिफल पाउने भनि प्रश्न गरे ।’ त्यस्तै उनले फरक प्रसंगमा बोल्दै नेपाल धर्मनिरिपेक्षता भएको देश हो, यसको नाममा नेपाललाई क्रिश्चियन राष्ट्र बनाउने मिसन अनुसार काम भइरहेको आरोप समेत लगाए । धर्म निरिपेक्षता धर्म परिवर्तनको लाइसेन्स भएको बताएका छन् ।

उनले नेपाल धर्ममैत्री हुनपर्ने र संस्कृति प्रद्धर्धनको पक्षमा सधै रहेको बताए । त्यस्तै महासचिव मैनालीले प्रदेशको संरचना खारेज नभए संघीयता नटिक्ने समेत बताएका छन् । अहिले देशमा संघीयताको नाममा लुटतन्त्र भैरहेको बताए । ‘नेकपा माले संघीयताको पक्षमै छ, तर नेपालको संरचनामा परिवर्तन नगर्ने हो भने संघीयता टिक्न गाह्रो छ’, उनले भने ‘प्रदेश संरचना हटाए संघीयता जोगिन्छ, नत्र संघीयता बन्द हुन्छ ।’

नेपालमा बाह्य प्रभाव र हस्तक्षेपले गर्दा पनि अमेरिकाले यसरी नेपाललाई चेपुवामा परेको उनको भनाई थियो । साथै उनले नेपालका हरेक राजनीतिक दलहरु विदेशीहरुको इशारामा चलिरहेको आरोप समेत लगाए । रिपोर्टस् क्लब नेपाल, दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव विमल गौतमले गरेका थिए ।

प्रकाशित : २० पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६