प्रदेश

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा



दाङ, ११ माघ। भोली हुने राष्ट्रियसभा निर्वाचनको लुम्बिनीमा तयारी पूरा भएको छ । आगामी फागुन २० गते १९ जना राष्ट्रियसभा सदस्यको कार्यकाल सकिने भएपछि भोली निर्वाचन हुने भएको हो । लुम्बिनी प्रदेशमा ३ सिट खाली हुने भएपछि हुन लागेको निर्वाचन अन्तरगत दाङको घोराहीमा मतदान स्थलको निर्माण कार्य पूरा भएको छ ।

कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनका लागि अहिले बुथ निर्माणको काम आज बेलुका सकिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । लुुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको ४ बर्षे कार्यकाल सकिन लागेको हो । यी तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उमेद्वार बिच प्रतिस्पर्धा हुने भएको छ । जस अनुसार गठबन्धनबाट नेपाली कांग्रेस बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादी बाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार रहेको छन् ।

उता एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार रहेका छन् । लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ जना गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ निर्धारण गरिएको छ । प्रदेश सांसदको मतभार तीन हजार आठ सय ८८ र स्थानिय तहका प्रमुख र उपप्रमुखको मतभार तीन हजार आठ सय ७० रहेको छ । भोली बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ ।

आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित : ११ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६