कपिलबस्तु, १२ माघ। कपिलबस्तुको सुठौली भन्सारले ७० औ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएको छ । सो अवसरमा कार्यालयका लागि जग्गा अनुदान दिने यशोधरा गाँउपालिका ५ सुठौलीका समाजसेवी सोमनाथ चौधरी, व्यापारीको तर्फबाट राजश्व संकलनमा योगदान दिने व्यापारी श्रीराम मिश्रा, व्यापारी हविबुल्लाह खान, कर्मचारीलाई सम्मान गरिएको थियो ।
सुठौली भन्सार कार्यालयका प्रमुख अभिशेष कण्ठका अनुसार भन्सारको चालु आर्थिक वर्षका लागि १ अर्ब ९५ करोड लक्ष्य रहेको छ । शुरुको तिन महिना साउन, भादौ र असोजमा लक्ष्य भन्दा माथि नै राजश्व संकलन गरेको र कार्तिक, मंसिर र पुसमा लक्ष्य अनुसारको लक्ष्य हासिल गर्न नसकेको उहाँले बताउनुभयो ।
सुठौली भन्सारलाई स्तर उन्नती गरियो भने यहाका स्थानिय जन सामुदाय, यहाँका राजनैतिक नेतृत्वहरु, यहाका माननिय ज्यूहरु सबै लाग्नु पर्ने उहाँले बताउनुभयो । यसको स्तरउन्नती कार्यालय प्रमुखको एकल प्रयासले नहुने उहाँले बताउनुभयो । सुठौली भन्सारमा आउने मालबाहक गाडीहरुको पर्किंङका लागि उपयुक्त जग्ग हेरेर व्यवस्था गरिएन भने यसलाई छोटी भन्सारको रुपमा चलाउनु पर्ने स्थिति आउन सक्ने प्रजिअ पाण्डेले बताउनुभयो ।
भन्सारको आफ्नै धर्मकाटा नभएको भन्दै भन्सार विभागले टायल्स र मार्बलको भन्सार नगर्न निर्देशन दिएपछि गत असोज अन्तिम साताबाट त्यसको आयात यो नाकाबाट रोकिए पछि तोकिएको लक्ष्य हासिल गर्न सकेको छै्न् ।
१२ माघ २०७८, बुधबार
प्रतिक्रिया