प्रदेश

मोरङः उखुबारीको खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटियो



मोरङ, १३ माघ । मोरङको धनपालथान गाउँपालिका ७ कमलपुर नजिकैको उखुबारीमा दुई जनाको शव भेटिएको छ ।

२० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शव कसको हो भन्नेबारे भने खुलेको छैन ।
अहिले तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुन सक्ने प्रहरीले बताएको छ ।

प्रकाशित : १३ माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६