सनिउल्ला धोबी
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ मा पर्ने चोरखोलाका बसिन्दाहरु अहिले सम्म पनि अन्धकारमा बस्न बध्य भएका छन । चोरखोलामा विद्युत नपुग्दा त्यहाका नागरिकहरु अहिलेसम्म अन्धकारमा बस्नु परेको छ । चोरखोला गाँउका ३५ घर परिवार अझैपनि अन्धकारमा जिवन जिउन बध्य भएका छन ।
पुर्व पश्चिम राजमार्ग छेउमै रहेको चोरखोलावस्तीमा विद्युत नहुदा त्यहाका नागरिक समस्या झल्दै आएका छन । त्यस्तै शुद्धखानेपानीको व्यवस्था नहुदाँँ त्यहाका नागरिकहरु दुषित पानी पिउन बध्य भएको बताउछन । शुद्धखानीको व्यवस्थापन स्थानिय सरकारले गर्नुपर्ने हो तर शिवराज नगरपालिका यस विषयमा बेखबर भएको स्थानियले आरोप लगाएका छन ।
त्यस्तै अन्धकारमा बस्ने र दुषित पानी खाने समस्यासँगै औषधीउपचारको अभाव सगैँ मोबाइलको नेटवर्क नटिप्दा चोरखोलाबासी झन पिडित भएका छन । औषधी उपचारको लागि समेत टाढा जार्नु पर्ने र मोबाइलको टावरको लागि रुख चढ्नु पर्ने बध्यता रहेको स्थानिय एम वि सेन्चुरीले बताउनु भयो ।
चोरखोलावासी विद्युतको लागि कैयौ पटक पहल गर्न कुनै उपलब्धी नभएको सेन्चुरीले बताउनुभयो । पटक पटक विद्युत प्राविधकरण कार्यालय कृष्णनगरलाई जनकारी गराउदा समेत कुनै सुनुवाई नभएको स्थानिय अमृत कामीले बताउनु भयो ।
चोरखोलामा विद्युत प्रवाहका लागि जनता समाजवादी पार्टीका नेता कृष्ण कुमार चौधरी, रहिश शाह र विद्युतका कर्मचारीको नेतृत्वमा अनुगमन समेत भएको थियो । उक्त अनुगमन टोलीले चाडै विद्युतको कार्य सुरु गर्न जसपाका नेता रहिश शाहले बताउनु भयो । चोरखोलामा विद्युत, मोबाइल टावरको विषयमा आफुहरु पहल गरी रहेको नेता शाहले बताउनु भयो ।
यता विद्युत प्राधिकरण कृष्णनगरले विद्युतको लागि पहल गरीरहेको जनाएको छ । त्यस क्षेत्रको अनुगमन गरी प्रतिवेदन निर्माण गरेकोले केही महिनामा विद्युत लगाउने काम सुरु हुने विद्युत प्राधिकरण कृष्णनगरले जनाएको छ ।
प्रतिक्रिया