जीवनशैली

१२ हजार थान नक्कली मास्कसहित चार जना पक्राउ



काठमाडौं १३ माघ – १२ हजार थान नक्कली मास्कसहित काठमाण्डौबाट चार जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यकाको विभिन्न ठाउँमा अमेरिकन ब्रान्ड ‘थ्री एम’ मास्कको लोगो प्रयोग भएको नक्कली मास्क बिक्री/वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले त्रिपुरेश्वरको महालक्ष्मी इशान इन्टरप्राइजेज र अनसेट सप्लायर्समा छापा मारेर चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भएका महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक बुद्धिबहादुर कार्की, भोटेबहाल बस्ने श्रयान्स लावती, सङ्खुवासभाको सभापोखरी घर भइ सातदोबाटो बस्ने मुक्तिप्रसाद पोखरेल र भारतको राजस्थानका यश अग्रवाल रहेका छन् ।

बरामद मास्कसहित उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : १३ माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६