जीवनशैली

आइतबारदेखी राप्ती राजमार्ग दैनिक ७ घण्टा के को लागी बन्द हुँदै छ त ?



घोराही
१४-माघ/ पर्सी आइतबारदेखी राप्ती राजमार्ग दैनिक ७ घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तरगत चोरखोलादेखि कपुरकोटसम्मको साघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएपछि १० दिनसम्म दैनिक ७ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेश महर्जनले जानकारी दिएका छन् ।

पर्सिदेखी २५ गतेसम्म बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म १० दिन आवागमन बन्द गरिने उनले जानकारी दिए । उक्त सडक स्तरोन्नतीकोे जिम्मा नान्जिला एण्ड आकांक्षा जेभीले लिएको छ ।

साथै अत्याआवश्यक एकतर्फी सवारी साधनका लागी पैयाँखोर-कपुरकोट डाईभर्सन प्रयोग गर्न सकिने इन्जिनियर महर्जनले जानकारी दिए ।

प्रकाशित : १४ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६