अर्थ-वाणिज्य

आज लुम्बिनी प्रदेशमा सार्वजनिक विदा



बुटवल ३ फागुन । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिएको छ । यसअघिको शंकर पोखरेल नृतृत्वको सरकारले दिँदै आएको विदालाई अहिलेको सरकारले पनि निरन्तरता दिएको हो ।सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा फागुन ३ गते मनाउने भएको निर्णय गरेको थियो । यसअघि अस्थायी मुकाम बुटवलमा मनाउने गरिएको थियो । यस वर्ष स्थायी राजधानीको अपनत्व लिन दाङको भालुबाङमा स्थापना दिवस मनाउने निर्णय गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताउनु भयो ।प्रदेश सरकार स्थापना दिवसको अवसरमा १ गते देखि नै विभिन्न कार्यक्रम गर्दै आएको छ ।

स्थापना दिवसमा सरकारले घोषणा गरेको पदक र विभूषित हुने संस्था र व्यक्तिहरू, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिहरूलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको शर्माले जानकारी दिनु भयो ।कार्यक्रममा मन्त्रालयहरूले गरेको प्रगति प्रतिवेदन, प्रदेशको डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभूषण वितरण गरिने उहाँले बताउनु भयो ।

प्रकाशित : ३ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६