खेलकुद

प्राचिन कपिलवस्तु नगरस्तीय पाचौ मेयर कप क्रिकेट प्रतियोगीता शुरु




कपिलवस्तु १० फागुन ।कपिलवस्तु नगरपालिकाद्धारा आयोजित प्राचिन नगर स्तीय पाचौ मेयर कप क्रिकेट प्रतियोगीता तौलिहवा स्थित बुद्धपदम उमाबिको खेल मैदानमा सोमवार देखि सुरु भएको छ । मेयर किरण सिंहले ब्याटीङ र उप मेयर लक्षी साउ गुप्ताले बलिङ गरी प्रतियोगीताको सुभारम्भ गरिएको हो । ब्यानर पढेर खेलको बिधिवत उदघाटन गर्दै मेयर सिंहले आफनो साढे ४ बर्ष बढीको बितेको कार्यकालमा नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।
सो अवसरमा उप मेयर गुप्ताले खलकुद क्षेत्रकालागि तिनै तहको सरकारबाट थप लगानी आवश्यक रहेको बताईन । उनले आफुले पनि खेल क्षेत्रको विकासलागि पहल गरेको बताईन । कार्यक्रम संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष तथा क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले हरेक बर्ष नगरपालिकाले मेयर कप गरेर खेलाडीको प्रोत्साहन बढाएको बताए । उनले प्रत्येक पालिकामा क्रिकेट खेललाई प्राथमिकतामा राख्नु् पर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल लगायत वडाध्यक्षहरुको सहभागीता थियो । प्रतियोगीताको बिजेतलाई कप सहीत नगद ५० हजार र उप बिजेतलाई ३० हजार पुरस्कार दिईने नगरपालिकाका बरिष्ठ समाजिक विकास अधिकृत पदमराज श्रेष्ठले बताए । प्रतियोगीता फागुन १४ गते सम्म चल्नेछ ।

प्रकाशित : १० फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६