समाचार

कपिलवस्तु उत्पिडित जातिय मुक्ति मोर्चाको अधिवेशन हुने



कपिलवस्तु १४ फागुन -नेपाल उत्पिडित जातिय मुक्ति मोर्चा जिल्ला कमिटि कपिलवस्तुको बिस्तारीत बैठक जिल्लाको चन्द्रौटामा सम्पन्न भएको छ । बैठकले फाल्गुन २८ गते चन्द्रौटामा नेपाल उत्पिडित जातिय मुक्ति मोर्चा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै सम्पुर्ण आआफ्नो स्थानबाट जिल्ला अधिवेशन सम्पन्न गर्न नेपाल उत्पिडित जातिय मुक्ति मोर्चा लुम्बनि प्रदेश सचिव तथा नेकपा एमाले जिल्ला कमिटि सचिव सि बि गहतराजले निर्देशन गर्नु भयो । आउदै गरेको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेलाई पहिलो पर्टि बनाउन दलित समुदाय संगठित हुनुपर्ने एमाले जिल्ला कमिटि सचिव सि बि गहतराजले बताउनु भयो ।

नेकपा एमाले समाजमा पछाडि पारीएको दलित समुदायको मुक्तिको बाटो भएको बताउदै आजको २१ औ सताब्दिमा पनि छुवाछुत जस्तो जगन्य अपराधको समाजबाट अन्त गर्नुपर्नेमा नेकपा एमाले जिल्ला कमिटि उप सचिव तथा लुम्बनि प्रदेश सांसद अर्जुन केसिले जोड दिनु भयो ।आउदै गरेको स्थानिय तहको निर्वाचनमा पार्टिले महिला दलित सदस्य मात्र दिने संस्कारलाई बद्ने सन्देश सहित कपिलवस्तुको जिल्ला अधिवेशन सम्पन्न होस मुक्ति समाज ईन्चार्ज सुमित्रा परियार बताउनु भयो ।बैठकले दलित समुदायबाट नेकपा एमाले जिल्ला कमिटिमा सचिव सहित ८ जना निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको थियो । साथै नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुको सर्कुलर पढेर सुनाईएको थियो ।मुक्ति मोर्चाको बैठकले जिल्ला कमिटि अध्यक्ष टीका सुनारको संयोजकत्वमा ३०१ जनाको मुल आयोजक समिति गठन गर्ने निर्णय गरेकोछ ।
बैठकबाट अध्यक्ष टीका सुनारको संयोजकत्वमा ५ सदस्य प्रतिवेदन लेखन समिति, अध्यक्ष टीका सुनारको संयोजकत्वमा १९ सदस्य आर्थिक संकलन समिति, उपाध्यक्ष राम प्रघट कोरीको संयोजकत्वमा ३ सदस्य प्रतिनिधि छनौट ब्यवस्थापन समिति, पदम सुनारको संयोजकत्वमा ५ सदस्य खाजा ब्यवस्थापन समिति, फर्स विक संयोजकत्वमा ५ सदस्य साउण्ड तथा स्टेज ब्यवस्थापन, निर्मला सुनारको संयोजकत्वमा ५ सदस्य अतिथि ब्यवस्थापन, संजिव गहतराजको संयोजकत्वमा ३ सदस्य प्रचार प्रसार समिति गठन गरेको छ ।

बैठकले कपिलवस्तु जिल्ला भित्र ७ वटा पालिकामा संगठन विस्तार गरेको बाकि रहेकोमा २० गते महाराजगंज नगरपनलिका ,२१ गते कृष्णनगर नगरपालिका र २४ गते बुद्धभुमि नगरपालिकामा नगर कमिटि गठन गर्ने निर्णय गरको छ ।अध्यक्ष टीका सुनार अध्यक्षतामा आयोजित बैठकको संचालन सह सचिव राम बहादुर बि।क ले गर्नु भएको थियो ।

प्रकाशित : १४ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६