समाचार

बाणगंगा ५ झन्डामा राप्रपाको वडा कमिटिको कार्यालय स्थापित



कपिलवस्तु १४ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बाणगंगा नगरपालिका वडा नम्बर ५ झन्डामा वडा कमिटिको कार्यालय स्थापित गरिएको छ । आज एक कार्यक्रमका बीच उक्त पार्टीको वडा कमिटिको कार्यालय स्थापित गरिएको हो । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २१ जना पार्टी सदस्यता लिई पार्टि प्रबेश गरेका छन् ।

यस्तै वडा नं.४ मा युवक संगठनमा पृति थापाको संयोजकत्वमा १० सदस्यीय र वडा नं.५ मा हिमाल प्रताप सेन ठकुरीको संयोजकत्वमा ११ सदस्यीय युवक सगठन गठन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रिय सदस्य धुब्र रायमाझिले पार्टीले उठाएको संबैधानिक राजसंस्था, हिन्दुराष्ट्र पुर्नस्थापना तथा भ्रष्टाचार विरुद्धको मुद्धा जनताको माझ लोकप्रिय बन्दै गएको बताउनुभयो ।

उहाँले पार्टीको महाधिवेशन भई नयाँ नेतृत्व आईसके पश्चात आम जनता र युवामा पार्टिप्रतिको आकर्षण र प्रवेश गर्नेको लहर चलिरहेको समेत दाबी गर्नुभयो । भ्रष्टचार विरुद्ध तथा धार्मिक अभियन्ता ज्ञानेन्द्र शाहिको प्रवेशले पार्टीको अभियानलाई ठुलो सहयोग पुगेको बताउँदै बैदैशिक हस्तक्षेप बिरुद्ध यस अभियानमा जोडिन केन्द्रिय सदस्य रायमाझीले सबैलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, जिल्ला उपाध्यक्ष चन्द्र भन्डारी, राम बहादुर थारु, नगर अध्यक्ष गिरिराज कँडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम प्रदेशसभा १ (क) का अध्यक्ष रामु शर्माको अध्यक्षता, जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, जिल्ला उपाध्यक्ष चन्द्र भन्डारी, राम बहादुर थारु, नगर अध्यक्ष गिरिराज कँडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो भने नगर सचिव नवराज घिमिरे संचालन गर्नु भएको थियो ।

प्रकाशित : १४ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६