ब्रेकिंग न्युज

कलेजको क्यान्टिमा कार्यरत युवती मृत फेला



बुटवल १५ फागुन ।पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको क्यान्टिमा कार्यरत एक युवती मृत अवस्थामा फेला परेकि छन् । शुक्रबार दिउँसो तानसेन ७ प्रभास स्थित आफ्नै डेरा गरि बस्ने कोठामा युवती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।रम्भा गाउँपालिका(२ फोक्सिङकोट घर भई हाल तानसेन(७ प्रभास बस्दै आएकी २१ वर्षीया कृष्णमाया बरालले कोठा भित्र झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । प्रभासस्थित स्थानीय कुल बहादुर खत्रीको घरमा युवती बस्ने गरेकी थिइन् ।

लुम्बिनी मेडिकल कलेजको क्यान्टिनमा काम सकेर कोठामा गएको र पुनः काममा आउन ढिलो गरेपछि उनका साथिहरु कोठामा गई ढोका खोल्नभन्दा नखोलेपछि स्थानीयलाई खबर गरेका थिए । स्थानियहरुको उपस्थितीमा ढोका खोली हेर्दा सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थाका भेटिएको परहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १५ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६