प्रदेश

बाणगंगामा राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता सुरु




कपिवलस्तु, १६ फाल्गुण ।
बाणगंगा नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बाणगंगाबाट आज सोमबारदेखि राष्ट्रिय परिचय पत्र विवरणको दर्ता कार्य शुरु गरेको हो । जसका लागी शुक्रबार मात्र बाणगंगा नगरपालिका अन्तर्गत वडाध्यक्ष तथा सचिव एवम् रुजु अधिकारीहरुलाई प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले प्रशिक्षित गर्नुभएको थियो । राष्ट्रिय परिचय पत्रका लागी आवश्यक जनशक्ति तथा उपकरणहरु आईतबार नै पठाईएको प्रजिअ पाण्डेले बताउनुभयो । बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईका अनुसार बाणगंगा नगरपालिकाका वडा नं.१,२,४,५ र ७ मा राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता कार्य सुरु भएको छ । अन्य सबै वडा पनि नाम दर्ताको कार्य प्रारम्भ गर्ने तयारी भईरहेको भट्टराईले जानकारी दिनुभयो । वडा नं.१ मा आज ७० जनाको नाम दर्ता गर्ने कार्य सम्पन्न गरेको वडाध्यक्ष बालकुमारी पन्त अधिकारीले जानकारी दिनुभएको छ । वडा नं.१ मा वडाध्यक्ष अधिकारीको नाम दर्ताबाट राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता कार्य सुरु गरिएको हो । बाणगंगामा करिब ५३ हजारको नाम दर्ता गर्ने लक्ष्य रहेको छ । नागरिकता प्रमाणपत्र लिन आउनेहरुले आवश्यक विवरण भरेर राष्ट्रिय परिचय पत्रका लागि निवेदन दिन सक्नेछन् र स्थानीय तहहरुमा घुम्ति सेवा सञ्चालन गरेर पनि निवेदन संकलन गरिने प्रजिअ पाण्डेले जानकारी दिनुभयो । यसले आम नागरिकको सम्पूर्ण विवरण सुरक्षित राख्नुका साथै अपराध नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुसहित सरकारले ७७ जिल्लाबाट राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्ने कार्य शुरु गरेर सम्पूर्ण नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय परिचयपत्रमा नागरिकता, राहदानी, मालपोत, यातायात व्यवस्था, पञ्जीकरण कार्यालय, स्थानीय निकाय, बैंक, टेलिकम, सवारी चालक अनुमतिपत्र, लोकसेवा आयोग, पान नम्बर लगायतको विवरण एकै ठाउँ डिजिटलाइज प्रविधिमार्फत राख्न सकिन्छ ।

प्रकाशित : १६ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६