कपिलवस्तु, १६ फागुन
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)पारित भएको विरोधमा विभिन्न राजतीतिक पार्टीले आह्वान गरेको बन्दका कारण कपिलवस्तुसहित देशभरको जवजीवन पनि प्रभावित भएको छ । कपिलवस्तुका मुख्य बजार सदरमुकाम तौलिहवा, चारनम्बर, गोरुसिंगे, चन्द्रौटा, कृष्णनगर लगायतका बजार केही मात्रा मात्र खोलिएका थिए । लामो दुरीका सवारी साधान भने आज दिनभर जसो ठप्प जस्तै भए । तर निजि सवारी साधान भने निर्वाद रुपमा चलेका थिए । बन्दका कारण विद्यालय र कलेजहरु भने बन्द रहे । बन्द आह्वान गरेका राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता सडकमा झण्डा बोकेर नाराबाजी गर्दै हिँडेका छन् । जिल्लाको गोरुसिंगे र चन्द्रौटामा प्रदर्शनकारीले सडकमा झण्डा बोकेर नाराबाजी गर्दै हिँडेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीका अनुसार कपिलवस्तुमा कुनै पनि अप्रिय घटना घटेका छैनन् ।
१६ फाल्गुन २०७८, सोमबार








प्रतिक्रिया