काठमाडौं, १८ फागुन । प्रतिनिधि सभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ । आज बैठक सुरू हुनेवित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले विरोध गरेका थिए ।
एमाले सांसदको विरोधबीच नै सभामुखले बैठक अघि बढाउनुभएको थीयो । आज प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची थियो ।
प्रधानमन्त्रीका तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले उक्त प्रतिवेदन पेश गरेपछि सभामुखले फागुन २२ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।
अब फागुन २२ गते आइतबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताउनुभयो ।
प्रतिक्रिया