प्रदेश

श्रम मन्त्रालयले बेवास्ता गरेपछि मौसमी कामदार कोरिया जाने सम्भावना न्युनः अर्याल




कपिलवस्तु, १८ फागुन ।मौसमी कामदारका रुपमा बाणगंगा नगरपालिकासहित नेपालका बिभिन्न पालिकाहरुबाट दक्षिण कोरीया जाने सम्भावना संघीय सरकारको ढिलासुस्तीका कारण न्युन हुदैं गएको छ । दक्षिण कोरीयाले तत्काल कामदार पठाउन बारम्बार आग्रह गरेको भएतापनि संघीय सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री कृष्ण कुमार श्रेष्ठले बेवास्ता गर्दा नेपालीहरु मौसमी कामदारका रुपमा दक्षिण कोरीया जाने सम्भावना दिन प्रतिदिन कम हुदै गएको हो ।

अन्य मन्त्रालयबाट हुनु पर्ने सबै काम भई सकेको भएता पनि मन्त्री श्रेष्ठले काममा ढिलासुस्ती गरेका कारण सम्भावना कम भएको बाणगंगा नगरपालिका वडा नं.११ का वडा अध्यक्ष सोमनाथ अर्यालले प्रेसपाटि अनलाईन संग भने । अर्यालका अनुसार अझौपनि आफुहरु सकेको कोसिसमा लागेको बताएका छन् ।

बाणगंगाका ५७० जना माघ महिनाको दोस्रो साता दक्षिण कोरीया पठाउने लक्ष्य राखेको भएतापनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कारण पठाउने कार्य बिचमै स्थगित हुनेहोकि भन्ने आशंका पौदा भएको नगरपालिकाले जनाएको छ । श्रम मन्त्रालयको काम भोलि सम्ममा सक्नु पर्ने बाध्यता छ । यद्यपि श्रम मन्त्रीले विभिन्न बाहना गरेका छन् । बाणगंगाको बैदेशिक समन्वय समिति सदस्य समेत रहेका सोमनाथ अर्यालकै नेतृत्वमा दक्षिण कोरीयाको छिन्छौ नगरपालिकामा बाणगंगाबाट ५७० कामदार लैजाने योजना त्यहाँँको पालिकाले स्वीकृत समेत गरिसकेको छ ।

यद्यपि कामदार पठाउन ढिला गरे सम्झौता रद्ध गरिने समेतका चेतावनी आएको र नेपाल सरकारसगं काम गर्न गाह्रो भएकोमा दक्षिण कोरीयाका प्रतिनिधिले गुनासो समेत गरेका छन् ।

प्रकाशित : १८ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६