प्रदेश

चुनावी तालमेलका लागि गठबन्धनले आ–आफ्ना दलभित्र छलफल गरेर निर्णय लिने




काठमाडौं, १९ फागुन । सत्तारुढ गठबन्धनले चुनावी गठबन्धनका लागि आ–आफ्ना दलभित्र छलफल गरेर निर्णय लिने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकमा चुनावी सहकार्यका विषयमा छलफल भएको थियो । आ–आफ्नो दल दलमा छलफल गरेर चुनावी तालमेलका लागि गठबन्धनको बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

‘जुन कारणले हामीले गठबन्धन बनाएको थियौं। राजनीतिक स्थायित्वका लागि गठबन्धनको आवश्यकता छ ।’ प्रवक्ता कार्कीले भने,‘गठबन्धन अघि बढ्छ। चुनावी गठबन्धनका लागि आ आफ्नो दलमा सजिलो र अप्ठ्यारा विषयमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं ।’

बैठकले संसदमा महत्वपूर्ण विधेयकहरु अड्किएकाले एमालेलाई सदन अवरुद्ध नगर्न आग्रह गर्ने निर्णय पनि गरेको छ । नागरिकता विधेयक र हवाई उड्ययन विधेयक संसदमा गम्भिर छलफल गर्नुपर्ने विधेयक रहेको कार्कीले बताए ।

‘संसद प्रति नै नकरात्मक धारणा जनताप्रति बन्नसक्छ ।’ सरकारका प्रवक्ता कार्कीले भने,‘संसद बैठक अवरुद्ध नगर्न प्रमुख प्रतिपक्ष दललाई आग्रह गर्ने निर्णय गरेको छ ।’

सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरिएपछि चार दलको बैठक बसेको थियो । एमसीसीमा मात्रै जनमोर्चाको फरक मत रहेकाले अन्य निर्णय प्रक्रियमा उक्त दल पनि सहभागी हुने प्रवक्ता कार्कीले दाबी गरे ।

प्रकाशित : १९ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६