प्रदेश

पाँच महिनापछि आजदेखि सुरु भयो संवैधानिक इजलास



काठमाण्डाै, १९ फागुन । पाँच महिनादेखि बस्न नसकेको संवैधानिक इजलास आज शुक्रवारदेखि सुरु भएको छ । आज कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको गठन गर्नुभएको छ । 

संसदमा महाभियोगको प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासको गठन गर्नुभएको हो । कायममुकायम प्रधानन्यायाधीश कार्कीले इजलासमा वरिष्ठतम् न्यायाधीश मीरा खड्का, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलास गठन गर्नुभएको छ । यो इजलासमा सामान्यतया वरिष्ठताका आधारमा न्यायाधीशको चयन हुँदै आएको छ । संवैधानिक इजलासको पहिलो पेसीमा सामान्य प्रकृतिका मुद्दा मात्रै समावेश गरिएको छ । 

संविधानले सङ्घीय इकाइहरूबीचको विवाद, प्रदेश सभा र सङ्घीय संसद्का सांसद्हरूको अयोग्यतासम्बन्धी र चुनावसम्बन्धी विवाद तथा तीनै तहका व्यवस्थापिकाले बनाएका कानुन संविधानसँग बाझिएका विवाद हेर्ने अधिकार यो इजलासलाई छ । यो इजलास बस्न नसक्दा धेरै मुद्दामा सुनुवाइ हुन सकेको थिएन । 

अहिले सर्वोच्चको संवैधानिक इजलासमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्ति बदर गर्न माग गरिएका मुद्दा, मधेस प्रदेशले सङ्घीय सरकारविरुद्ध दायर गरेका प्रादेशिक अधिकारसम्बन्धी मुद्दा, वामदेव गौतमको राष्ट्रिय सभामा गरिएको मनोनयनविरुद्धको मुद्दा, प्रतिनिधि सभा चुनावसम्बन्धी विवादलगायतका मुुद्दा छन् । 

प्रकाशित : २० फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६