प्रदेश

सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन पारित, सदनमा पेश गर्ने तयारी




काठमाडौं, २० फागुन । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २१औं वार्षिक प्रतिवेदनको मस्यौदा पारित गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले २१औँ वार्षिक प्रतिवेदन पारित गरेको हो । समितिको बैठकपछि बोल्दै समितिका सचिव डा।रोजनाथ पाण्डेले समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले मस्यौदा प्रतिवेदन पारित गरिएको जानकारी दिए ।

सचिव पाण्डेले भने, ‘ यो वर्षभरी समितिले गरेका काम कारबाहीहरूमा मूलभूत रुपमा बेरुजु फर्छ्यौट गर्ने नौ वटा उपसमितिहरुले गरेका कामहरु समावेश गरिएको छ । समितिले गण्डकी प्रदेशमा पर्ने कालीगण्डकी करिडोर लगायत त्यस आसपासमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको निरिक्षण गरी त्यसको प्रतिवेदन प्राप्त भएको उपसमितिले पेश गरेको प्रतिवेदन समेत यसमा समावेश गरिएको छ ।’

सचिव पाण्डेले समितिको उक्त प्रतिवेदन अनुमोदनका लागि सदनमा पेश गर्नका लागि प्रस्ताव गर्ने पनि बताए । यस अघि फास्ट ट्रयाकसम्बन्धीको प्रतिवेदनमाथि नेपाली सेनाले पुनः विचारको लागि रक्षा मन्त्रालयमा अनुरोध गरेको थियो ।

अहिले उक्त प्रतिवेदन समितिमा विचारधीन अवस्थामा रहेको छ ।

प्रकाशित : २० फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६