प्रदेश

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पर्सिसम्मका लागि किन स्थगित भयो त ?



काठमाडौं २० फागुन – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पर्सिसम्मका लागि स्थगित भएको छ।

आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नुभएपछि बैठक पर्सि आइतवार ११ बजेसम्मका लागि स्थगित भएको हो । बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता, स्थानीय तहको चुनाव, सत्तागठबन्धनको अवस्था लगायतका बारेमा ब्रिफिङ गर्नुभएको छ ।

उहाँले सत्ता गठबन्धन नै भत्किने खतरा बढेकोले एमसीसी पारित गरेको बताउनुभयो । व्याख्यात्मक घोषणासहित एमसीसी पारित हुँदा सम्भावित समस्या हल भएको र चुनावसम्म नै सत्ता गठबन्धन रहने प्रचण्डको भनाइ छ ।

उहाँले प्रतिनिधि सभा लामो समयदेखि अवरुद्ध रहेकाले त्यसको समाधान निकाल्न पनि पहल गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । नेता नारायणकाजी श्रेष्ठले भने एमसीसी पारित गर्न पार्टीले भूमिका खेलेको भन्दै आलोचना गर्नुभएको छ ।

उहाँले एमसीसीका कारण उत्पन्न समस्यामा आफू लगायतका नेतालाई अध्यक्षले पार्टी छाडेर गए पनि हुन्छ भनेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले अध्यक्ष व्यक्तिवादी भएको र दलालसँग साँठगाँठ गरेको आरोप पनि लगाउनुभयो ।

आइतवारको बैठकमा पार्टीले तय गरेका एजेण्डाका बारेमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । छलफलका लागि बैठकमा एमसीसी, स्थानीय चुनाव, पदाधिकारी चयन लगायतका ६ वटा एजेण्डा पेस भएका छन् ।

प्रकाशित : २० फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६