समाचार

महामन्त्री थापा भन्छन् – कांग्रेसले गठबन्धन गर्नुहुँदैन



नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन्। सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा थापाले कांग्रेसले गठबन्धन गर्नु नहुने धारणा राखेका हुन्।

कांग्रेसले बारम्बार नेपालमा कम्युनिस्टहरूबाट खतरा छ भनेको स्मरण गराउँदै उनले जनतासँग अबको निर्वाचनमा कम्युनिस्ट मिल्न नदिएर लोकतन्त्र बचायौँ भन्न नसक्ने बताए। लाखौँ नयाँ मतदातालाई आज रूखबाहेक अन्यत्र भोट हाल्न लगाउँदा भोलि उनीहरू कांग्रेस बन्न नआउने थापाको तर्क छ।

‘नेपालमा कम्युनिस्टबाट खतरा छ भनेर हामीले बारम्बार भन्यौँ । के अबको निर्वाचनमा कम्युनिस्ट मिल्न नदिएर लोकतन्त्र बचायौँ भनेर भन्न जाने हो त ?’ महामन्त्री थापाले भने, ‘लाखौँ मतदाता नयाँ छन्। यी मतदातालाई आज रूखबाहेक अरूमा भोट हाल्न लगाउँदा भोलि कांग्रेस बन्न आउँछन् त ? त्यसैले कांग्रेसले गठबन्धन गर्नुहुँदैन।’

प्रकाशित : १४ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६