रुकुम पश्चिम २२ बैशाख ।नेकपा माओवादी केन्द्रको चुनावी सभामा कांग्रेस–एमालेको गठबन्धनको टोलीले ढुंगामुढा गरेको छ । चौरजहारी नगरपालिका–७ र ९ को कोटजहारीमा माओवादीले आयोजना गरेको सभामै कांग्रेस–एमालेको सयुंक्त प्रचार टोलीले ढुंगामुढा प्रहार गरेको हो । ढुंगा लागेर २ जना वाईसीएल कार्यकर्ता घाइते भएका छन् ।
ढुंगामुढापछि वाईसीएलको कुटपिटबाटकांग्रेस–एमालेको प्रचार टोलीका सदस्य घाइते भएका छन् । वाईसीएलका ज्ञानबहादुर बोहरा र सुदन शर्मा घाइते भएका छन् भने कांग्रेसकी सुजिता खड्का घाइते भएको कांग्रेसले जनाएको छ । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीमा उपचार भइरहेको छ ।
आफ्नो पार्टीको सभा बिथोल्ने गरी कांग्रेस–एमालेको सयुंक्त टोलीले ढुंगा प्रहार गरेको माओवादीका प्रचार विभाग प्रमुख ध्रुवविक्रम बुढाथोकीले बताए । ९ नम्बर वडाबाट आइरहेको उक्त टोलीले बिनाकारण कार्यक्रममा ढुंगा हानेको उनले दाबी गरे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुकुमार सोतीले घटना भएको र त्यसतर्फ प्रहरी निरीक्षक नेतृत्वको टोली गइरहेको जानकारी दिए ।
२२ बैशाख २०७९, बिहिबार
प्रतिक्रिया