खोज–अनुसन्धान

गुल्मीमा माओवादी नेता कांग्रेस कार्यकर्ताबाट कुटीए



गुल्मी २७ बैशाख । स्थानीय तह निर्वाचनको प्रचार प्रसारका क्रममा गुल्मीमा माओवादी केन्द्रका नेता कांग्रेसका कार्यकर्ताबाट कुटिएका छन् । कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा आइतबार राति कांग्रेस कार्यकर्ता गोपाल थापाको समूहले माओवादी केन्द्र कालिगण्डकीका अध्यक्ष लीलबहादुर केसी ‘संजय’ लाई कुटपिट गरेको बताइएको छ ।कुटपिट गर्ने थापा कालिगण्डकी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा अहिले अध्यक्ष पदका उम्मेदवार बेदबहादुर थापाका भाइ हुन् । अनुहारमा चोट लागेर घाइते भएका केसीको गुल्मी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
मध्य राति करिब १२ बजेतिर समीक्षा बैठक सकेर घरतर्फ फर्कदै गर्दा थापाले एक्कासी मोटरसाइकलको हेल्मेटले टाउकोमा हानेको केसीले बताएका छन् । ‘एक्कासी हेल्मेटले टाउकोमा हानेपछि म बेहोस भएर ढलेछु’, उनले भने, ‘त्यसपछि के(के भयो मलाई थाहा भएन ।’ केसीको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले भने दुई पक्षबीच सामान्य भनभन भइ धकेल्दा केसीलाई सामान्य चोट लागेको बताए । दुई पक्ष बसेर समस्याको समाधान गर्न आफूले पहल गर्ने उनको भनाइ छ । भट्टराई कालीगण्डकी गाउँपालिकाको नेपाली कांग्रेस निर्वाचन परिचालनमा खटिएका छन् । कालिगण्डकीमा नेकपा एमाले र माओवादीबीच गठबन्धन भएपछि नेपाली कांग्रेस असन्तुष्ट छ ।
नेपाली कांग्रेस र जनमोर्चा पनि गठबन्धन गरेर चुनावी मैदानमा छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले गए राति कुटपिट भएको भन्ने खबर प्राप्त भएकोले इलाका प्रहरी कार्यालय रिडीको प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६