अर्थ-वाणिज्य

रेसुङ्गा नगरपालिकामा कांग्रेस – माओवादी गठबन्धन निर्वाचित




गुल्मी ३१ वैशाख,। गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले आठ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका हुन् ।उपप्रमुख नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले आठ हजार १९ मत ल्याएर उपप्रमुख निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगर प्रमुखका उम्मेदवार नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० मत ल्याए । उपप्रमुखमा एमाले उम्मेदवार रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन् ।नगरपालिकामा २३ हजार ५३१ जना मतदाता रहेकोमा १६ हजार २३९ जनाले मतदान गरेका थिए ।

रेसुङ्गा नगरपालिकाका १० वटामा नेपाली कांग्रेसका र ४ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।नेपाली कांग्रेसबाट रेसुङ्गा नगरपालिका वडा नं। २ मा नेपाली कांग्रेसका हिराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लिलाधर आचार्य, ५ मा दुर्गा प्रसाद खनाल, ७ मा रामजी पन्थी, ९ मा कृष्णप्रसाद पाण्डे र १० मा रामबहादुर बस्नेत, १२ मा चेहरसिंह टन्डन, १३ मा हुमबहादुर बस्नेत, १४ धनबहादुर पुन निर्वाचित भएका छन् ।नेकपा एमालेका तर्फबाट रेसुङ्गा १ मा रामप्रसाद पन्थी, ६ मा गनबहादुर गुरुङ र ८ मा निरञ्जन थापा काउछा, ११ मा खुमबहाादुर राना विजयी भएका छन् । ०७४ सालमा सम्पन्न निर्वाचनमा नेकपा एमालेले नगरप्रमुख, उपप्रमुख र ६ वटा वडामा वडाअध्यक्ष जितेको थियो ।

प्रकाशित : ३१ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६