खोज–अनुसन्धान

बाणगंगाको मेयर एमालेले मतान्तर घटायो : ३ वडाको नतिजा यस्तो छ




कपिलवस्तु २ जेठ ।बाणगंगाको मेयर उममेयरमा एमालेले मतान्तर घटाएकोछ । वडा नं १ र ११ मा कांग्रेसको प्यानल नै जिवयी हुदा मेयरमा ६सय बढी मतान्तरले पछि परेको एमालेले वाणगंगा २मा जित निकालेसंगै अन्तरलाई करिव २सय मतको फरकमा ल्याएकोछ । निर्वाचन कार्यलय वाणगंगाले आज विहान ६ः३०मा उपलब्ध गराएको विवरण अनुसार कांग्रेसको रुख चिन्हले अहिले सम्म ५६६९ मत पाएको छ भने एमालेको सूर्य चिन्हले ५३९० मतपाएको छ । मतान्तर २७९ रहेकोछ । यस्तै उपमेयरमा रुखले ५९९९ र सूर्यले ५५४२ मत पाएकोछ । मतान्तर ४५७ रहेको छ । अहिले सम्म वडा नं १ र ११ को मत गणना सकिएकोछ । एमालेले जितेपछि वडा नं दुइको औपचारीक घोषणा हुन बाकीछ ।

३ वटा वडाको मत गणनामा कांग्रेसले २ वडा जितेकोछ भने एमालेले एक वडामा जित निकालेकोछ । वडा नं १० को मत गणना आधाबढी भएकोछ । त्यहा १० मत भित्र एमाले र कांग्रेस बीच टक्कर देखा परेकोछ । मत गणना भएका र जारी रहेका ४ वटा वडा मधये विगतमा एमालेले जितेको २ मात्र हो । यसपाली अघिल्लो चुनावमा कांग्रेसले १४०० मतान्तर वनाएको वडा नं ११ मा यसपाली केवल ३५० मतको अग्रता मात्र कांग्रेसले लिएको छ । गत चुनावमा ९ सयको मतानत्र वनाएको वडा नं १० मा यसपाली कांग्रेसले एमालेसंग कडा प्रतिस्पर्धा गर्नु परेको छ । विगतमा राम्रो अग्रता लिएको एमालेको वडा नं ६,७ र ८ मा यसपाली एमालेको मतान्तर धेरै न्यून हुने अनुमान गरिएकोछ ।

प्रकाशित : २ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६